NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

चुनावको प्रचार-प्रसारमा हिडेको एक वृद्धको मृत्यु

काठमाडौं । चुनावको प्रचार प्रसारमा हिडेको एक वृद्धको मृत्यु भएको छ । स्थानिय निर्वाचनको प्रचारमा हिडेको प्युठान नौबहिनी गाउँपालिका–२ बस्ने लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी बाहनेका अनुसार उक्त वृद्धको लिघामा भिरबाट लडेर मृत्यु भएको हो । उनी आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र, र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग गाउँमा भोट माग्न गएका थिए । गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष