चुनावको प्रचार-प्रसारमा हिडेको एक वृद्धको मृत्यु
काठमाडौं । चुनावको प्रचार प्रसारमा हिडेको एक वृद्धको मृत्यु भएको छ । स्थानिय निर्वाचनको प्रचारमा हिडेको प्युठान नौबहिनी गाउँपालिका–२ बस्ने लिघा सिरिवाङका ५६ वर्षीय धन बहादुर थापामगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी बाहनेका अनुसार उक्त वृद्धको लिघामा भिरबाट लडेर मृत्यु भएको हो । उनी आइतबार नेपाली कांग्रेस, माओवादी केन्द्र, र एकीकृत समाजवादी सहितको गठबन्धन टोलीसँग गाउँमा भोट माग्न गएका थिए । गाउँमा घरदैलो गरी फर्किने क्रममा मगरको लडेर मृत्यु भएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया