सर्वसाधारणको उद्धार नसकिँदै रुसद्वारा पुनः मारिउपोलमा आक्रमण
काठमाडौं (एजेन्सी) । सर्वसाधारणले आश्रय लिइरहेको मारिउपोलस्थित स्टिल उद्योगमा रुसले पुनः आक्रमण गरेको दाबी युक्रेनले गरेको छ । स्टिल उद्योगमा फसेका सर्वसाधारणलाई अन्यत्र स्थानान्तरण गर्ने कार्य जारी छँदा रुसले आक्रमण गरेको हो ।
युक्रेनका एक अधिकारीले स्टिल उद्योगमा फसेका सयौं सर्वसाधारणलाई अन्यत्र सार्ने कार्य जारी रहे पनि रुसले पुनः हमला थालेको जनाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार, उद्योगको बंकरमा साना साना बालबालिकाहरू फसेका छन् । त्यहाँ आश्रय लिएका केही व्यक्ति भने आइतबार नै अन्यत्र जान सफल भएका छन् । तर यो क्रम जारी रहँदा रुसले पुनः बमबारी थालेको छ ।
नेशनल गार्डका कमाण्डर डेनिस स्लेगाले भनेका छन्, ‘सोमबार एजोभस्टाल स्टिल उद्योगमा सबै किसिमका अस्त्रहरूले आक्रमण गरिएको छ ।’
मारिउपोल शहरबाट बाहिरिएकालाई बोकेका गाडीका लस्करहरूले सयौं माइल दूरी पार गर्नुपर्ने भएकाले ती अझै गन्तव्यमा पुगेका छैनन् । ती सवारी साधन रुसी जाँचचौकी पार गर्दै अघि बढिरहेको र कतिपय स्थानमा रहेको कच्ची सडकका कारण असुविधा झेलेको बताइएको छ ।
संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय रेडक्रसलगायत संघ–संस्थाले सर्वसाधारणको उद्धारमा सहायता गरिरहेका छन् ।
बिबिसीका अनुसार, उद्धार गरिएका केहीलाई मस्को समर्थित पृथकतावादीले नियन्त्रणमा राखेको गाउँमा पुर्याइएको छ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया