दाङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु
काठमाडौं । दाङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । हिजो राति परेको भारी वर्षाले दाङस्थित हस्नापुर खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बबई गाउँपालिका–४ हस्नापुरकी सन्ध्या परियार रहेकी छिन् । उनको घर फर्कने क्रममा हस्नापुर खोला तर्दा खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।
परियारलाई प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय ५० मिटर दक्षिणबाट उद्धार गरेको हो । गम्भीर अवस्थामा रहेकी परियारलाई तुलसीपुरस्थित राप्ती प्रोदेशिक अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया