दाङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु

काठमाडौं । दाङमा बाढीले बगाउँदा एक महिलाको मृत्यु भएको छ । हिजो राति परेको भारी वर्षाले दाङस्थित हस्नापुर खोलामा आएको बाढीले बगाउँदा उनको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बबई गाउँपालिका–४ हस्नापुरकी सन्ध्या परियार रहेकी छिन् । उनको घर फर्कने क्रममा हस्नापुर खोला तर्दा खोलाले बगाएर मृत्यु भएको इलाका प्रहरी कार्यालय दाङले जनाएको छ ।
परियारलाई प्रहरी टोलीले बगेको स्थानदेखि करिब एक सय ५० मिटर दक्षिणबाट उद्धार गरेको हो । गम्भीर अवस्थामा रहेकी परियारलाई तुलसीपुरस्थित राप्ती प्रोदेशिक अस्पतालमा उपचारको लागि लगिएको थियो । उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया