सेफ दिवसको अवसरमा खाना महोत्सव
काठमाडौं । राष्ट्रिय सेफ दिवसको अवसरमा खाना महोत्सव हुने भएको छ । सेफ्स एशोसियसन अफ नेपालले उक्त दिवसमा खाना महोत्सव राख्ने भएको हो ।
एशोसियसनले ‘खानामा शुद्धता तथा स्वास्थ्यमा प्रतिबद्धता’ भन्ने मुल नाराको साथ आउँदो वैशाख २२ गते सेफ्स एशोसियसन अफ नेपालको केन्द्रिय कार्यालयमा खाना महोत्सव आयोजना गर्न लागेको एशोसियसनले जनाएको छ । राष्ट्रिय सेफ दिवसको अवसरमा नेपाली मौलिक खानामा साथै जातीय खानालाई पस्कन लागेको तथा महोत्सवमा नेपाली मौलिक खानाका साथै नेवारी, चौधरी खाना र इलामको चिया राखिने एशोसियसनका अध्यक्ष श्याम लामाले बताए ।
त्यस्तै एशोसियसन नेपालले उक्त दिन एशोसियसनको २८औं स्थापना दिवसको अवसर पारेर वरिष्ठ सेफलाई सम्मानसमेत गर्ने भएको लामाले उल्लेख गरेका छन् ।
वि.स २०५३ बैशाख २२ गते स्थापना भएको एशोसियसनमा हाल देशभर एक हजार चार सय ८५ सदस्य आवद्ध रहेका छन् । उक्त एशोसियसनले हाल चितवन र पोखरामासमेत शाखा स्थापना गरेर नेपाली परम्परागत मौलिक खानालाई पस्कदै आएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया