NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

सेफ दिवसको अवसरमा खाना महोत्सव

काठमाडौं । राष्ट्रिय सेफ दिवसको अवसरमा खाना महोत्सव हुने भएको छ । सेफ्स एशोसियसन अफ नेपालले उक्त दिवसमा खाना महोत्सव राख्ने भएको हो ।

एशोसियसनले ‘खानामा शुद्धता तथा स्वास्थ्यमा प्रतिबद्धता’ भन्ने मुल नाराको साथ आउँदो वैशाख २२ गते सेफ्स एशोसियसन अफ नेपालको केन्द्रिय कार्यालयमा खाना महोत्सव आयोजना गर्न लागेको एशोसियसनले जनाएको छ । राष्ट्रिय सेफ दिवसको अवसरमा नेपाली मौलिक खानामा साथै जातीय खानालाई पस्कन लागेको तथा महोत्सवमा नेपाली मौलिक खानाका साथै नेवारी, चौधरी खाना र इलामको चिया राखिने एशोसियसनका अध्यक्ष श्याम लामाले बताए ।

त्यस्तै एशोसियसन नेपालले उक्त दिन एशोसियसनको २८औं स्थापना दिवसको अवसर पारेर वरिष्ठ सेफलाई सम्मानसमेत गर्ने भएको लामाले उल्लेख गरेका छन् ।
वि.स २०५३ बैशाख २२ गते स्थापना भएको एशोसियसनमा हाल देशभर एक हजार चार सय ८५ सदस्य आवद्ध रहेका छन् । उक्त एशोसियसनले हाल चितवन र पोखरामासमेत शाखा स्थापना गरेर नेपाली परम्परागत मौलिक खानालाई पस्कदै आएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष