चलचित्र भागवद गीताको मूख्य भूमिकामा सुहाना देखिँदै

काठमाडौं । चलचित्र भागवद गीतामा नायिका सुहाना थापा मूख्य भूमिकामा देखिने भएकी छिन् । आफ्नै होम प्रोडक्सनमा बन्न लागेको चलचित्र भागवद गीतामा उनले अभिनय गर्न लागेकी हुन् ।
अभिनेत्री झरना थापाले ‘ए मेरो हजुर’ को सिरिजलाई तत्काल रोकेर चलचित्र भागवद गीता बनाउँदै छिन् । मंगलबार चलचित्रको अनाउन्समेन्ट टिजरको छायांकन जनकपुरधाममा भइरहेको छ । उक्त टिजरमार्फत चलचित्रको घोषणसँगै प्रदर्शनी मिति सार्वजनिक गरिने भएको छ ।
आउँदो साउनको दोस्रो साताबाट उक्त चलचित्रको छायांकन सुरु गर्ने तथा टिजर भने यसै साता सुहनाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिने निमार्ण टिमले जानकारी गराएको छ ।
चलचित्रको लागि नायकको पनि टुंगो लागिसकेको भएपनि निर्माण टिमले को भनेर खुलाएको छैन । चलचित्रको टिजरमा सुहनालाई मात्र प्रस्तुत गरिने र नायकको नाम केही समयपश्चात सार्वजनिक गर्ने निमार्ण टिमले उल्लेख गरेका छन् । निर्माण टिमका अनुसार उक्त चलचित्र लभ स्टोरी कथामा बन्ने छ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया