चलचित्र भागवद गीताको मूख्य भूमिकामा सुहाना देखिँदै
काठमाडौं । चलचित्र भागवद गीतामा नायिका सुहाना थापा मूख्य भूमिकामा देखिने भएकी छिन् । आफ्नै होम प्रोडक्सनमा बन्न लागेको चलचित्र भागवद गीतामा उनले अभिनय गर्न लागेकी हुन् ।
अभिनेत्री झरना थापाले ‘ए मेरो हजुर’ को सिरिजलाई तत्काल रोकेर चलचित्र भागवद गीता बनाउँदै छिन् । मंगलबार चलचित्रको अनाउन्समेन्ट टिजरको छायांकन जनकपुरधाममा भइरहेको छ । उक्त टिजरमार्फत चलचित्रको घोषणसँगै प्रदर्शनी मिति सार्वजनिक गरिने भएको छ ।
आउँदो साउनको दोस्रो साताबाट उक्त चलचित्रको छायांकन सुरु गर्ने तथा टिजर भने यसै साता सुहनाको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिने निमार्ण टिमले जानकारी गराएको छ ।
चलचित्रको लागि नायकको पनि टुंगो लागिसकेको भएपनि निर्माण टिमले को भनेर खुलाएको छैन । चलचित्रको टिजरमा सुहनालाई मात्र प्रस्तुत गरिने र नायकको नाम केही समयपश्चात सार्वजनिक गर्ने निमार्ण टिमले उल्लेख गरेका छन् । निर्माण टिमका अनुसार उक्त चलचित्र लभ स्टोरी कथामा बन्ने छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया