फुटबलमा रुसमाथि थप प्रतिबन्ध

काठमाडौं । फुटबलमा रुसमाथि थप प्रतिबन्ध लागेको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय युइएफएले महिला युरो–२०२२ मा रुसमाथि प्रतिबन्ध लगाएकाे हाे ।
यस्तै युरोकप फुटबल २०२८ र २०३२ को आयोजनाका लागि रुसले पेश गरेको दाबीलाई समेत युइएफएले अयोग्य ठहर्याएको छ ।
यसअघि विश्व फुटबल महासंघ (फिफा)ले रुसको पुरुष राष्ट्रिय टोली र क्लबमाथि थप प्रतिबन्ध गरिसकेको थियो ।
रुसले छिमेकी देश युक्रेनमाथि आक्रमण गरेको भन्दै फुटबलमा समेत प्रतिबन्ध लगाइएको हो ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया