दाङमा दुई शव फेला
दाङ । तुलसीपुर उपमहानगरपालिका-१३ मा इनार खन्ने क्रममा भत्किएर पुरिएका एक युवाको शव आज फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका-१७ जमेराका २५ वर्षीय हरि चौधरीको शव तीन दिनपनि आज फेला परेको हो ।
गत शनिबार बिहान ११ बजे साजकुटीमा स्थानीय डिल्ली रोकाको घरमा इनार खन्ने क्रममा चौधरी माटोको ढिस्कोले पुरिएपछि स्काभेटर प्रयोग गरेर उनको शव निकालिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले जानकारी दिए । उनको शव परीक्षणका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ । करिब ४० फिट गहिरो कुवा खन्ने क्रममा चौधरी पुरिएका थिए ।
यसैगरि खोलाले बगाउँदा बबई गाउँपालिका-४ हस्नापुरकी १७ वर्षीया सन्ध्या परियारको मृत्यु भएको छ । सोमबारको भारी वर्षाका कारण स्थानीय हस्नापुर खोलामा बाढी आएका बेला सोही खोला तर्ने क्रममा बेलुका ५:३० बजे उनलाई बाढीले बगाएको थियो । घटनालगत्तै प्रहरी टोलीले बगेको स्थानबाट १५० मिटर दक्षिणबाट उनको उद्धार गरेको थियो । उनको अवस्था गम्भीर रहेकोले उपचारको लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा पुु-याएलगत्तै उनको मृत्यु भएको थियो ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया