चीन : जिउँदै बिरामीलाई मृत्यु भएको भन्दै शव वाहनमा राखियो
काठमाडौं । सांघाई केयर होममा एक वृद्ध बिरामीलाई मृत जीवितै शव वाहनमा राखिएको भिडियो सार्वजनिक भएपछि चिनियाँ जिल्ला प्राधिकरणले चार अधिकारीलाई बर्खास्त गरेको छ ।
शवगृहमा काम गर्ने दुई व्यक्तिले शवलाई गाडीमा राखेको एउटा भिडियो आइतबार इन्टरनेटमा सार्वजनिक भएको थियो । भिडियोमा कर्मचारीहरुले शव राखेको झोला खोल्दै हेरेर बिरामी अझै जिउँदै छ भनेको सुनिन्थ्यो । यो घटनाले चिनियाँ सामाजिक सञ्जालमा आक्रोश मच्चाएको छ ।
सांघाई जिल्लाको पुटुओ सहरका अधिकारीहरूले सोमबार अबेर घटनाको पुष्टि गर्दै बिरामीलाई अस्पताल लगिएको र अवस्था स्थिर रहेको बताए । जिल्ला अधिकारीहरुले पाँच जना अधिकारी र एक डाक्टरको परीक्षण भइरहेको बताएका छन् ।
स्थानीय नागरिक मामिला ब्यूरोका उपनिर्देशक र केयर होमका निर्देशकसहित चारजना कर्मचारीलाई बर्खास्त गरिएको छ ।
टियान नामका डाक्टरको मेडिकल लाइसेन्स खारेज गरिएको छ ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया