टर्कीका चर्चित अभिनेता पोखरामा
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको निमन्त्रणामा टर्कीका विश्वचर्चित अभिनेता उनगिनअल्टान दुज्यातान (अर्तुग्रुल गाजी) नेपाल आएका छन् ।
उनलाई पोखरा विमानस्थलमा पोखरा पर्यटन परिषद्, नेपाल टुर्स एण्ड ट्राभल्स एसोसिएसन नेपाल (नाटा) का पदाधिकारी, पर्यटन व्यवसायी तथा इस्लाम धर्मावलम्बी प्रशंसकहरुले स्वागत गरेका छन् ।
आठ सदस्यीय टोलीको नेतृत्व गर्दै उनी दुई दिनका लागि नेपाल आएका हुन् । नेपालको पर्यटन क्षेत्र प्रवद्र्धन गर्नुका साथै बाह्य पर्यटक भित्र्याउने उद्देश्यले मन्त्रालयको निमन्त्रणमा नेपाल आएका हुन् ।
उनले पोखरामा फेवाताल, बेगनासताल तथा सराङकोटको दृश्यावलोकन गर्ने कार्यक्रम छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया