NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

एक महिनामै वामदेवको मुड परिवर्तन !

काठमाडौं । नेकपा (एमाले) विभाजन हुँदा दुवै समूहमा नलागी तठस्थ बसेका थिए वामदेव गौतम । केही समय उनले पार्टी एकता अभियान सञ्चालनसमेत गरे । ०७७ फागुन २३ मा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बदर गरेपछि त्यसयता निष्कृय रहँदै आएका थिए उनी ।

तर, गत चैतमा एकाएक गौतमले नयाँ पार्टी खोल्ने विषय उनीनिकट स्रोतले बताएको थियो । नयाँ पार्टी गठनका लागि गौतमले आफ्नै निवास भैंसेपाटीमा विभिन्न वामपन्थी नेताहरूसँग छलफल र परामर्श गरिरहेको विश्वस्त स्रोतको दाबी थियो ।

यस्तो हुनेछ वामदेवको नयाँ दल

अबको हप्ता–दश दिनमा नयाँ पार्टी घोषणा गर्ने तयारी गरिरहको स्रोतले बताएको थियो । तर, त्यो सत्य साबित भएन । किनकि, गौतमले आजको दिनसम्म नयाँ पार्टी खोलेका छैनन् ।

लामो समय गुमनाम रहेका गौतम मंगलबार फेरि दृश्यमा देखिएका छन् । नयाँ पार्टी खोल्ने तयारीमा रहेको भनिएका उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस)को चुनावी गीत लेखेर युट्युबमा समेत सार्वजनिक गराइसकेका छन् । यससँगै गौतमको राजनीतिले नयाँ मोड लिएको छ ।

वामदेवले लेखे नेकपा एसको चुनावी गीत (भिडियोसहित)

स्वकीय सचिव विश्वमणि सुवेदीका अनुसार नेता गौतमले अब नयाँ पार्टी खोल्ने छैनन् । बरु भविश्यमा नेकपा एसमै जाने योजनामा छन् ।

‘उहाँ नेकपा एससँगै हुनुहुन्छ । तर, उहाँ औपचारिक रुपमै पार्टीमा लाग्नुभएको छैन । भविश्यमा जान सक्नु हुनेछ’, नेपालवाचसँग कुरा गर्दै उनले भने ।