सामाजिक सञ्जालमा भाइरल भएका युवक पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत् अपराध गर्न उक्साएको भन्दै नवराज रेग्मी पक्राउ परेका छन् । केही दिनदेखि सामाजिक सञ्जालमा रेग्मीको भिडियो भाइरल भएको थियो ।
उनको भिडियो भाइरल भएपछि प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको कपिलवस्तुका जिल्ला प्रहरी प्रमुख दानबहादुर कार्कीले जानकारी दिए ।
उनले आफू म्यादी प्रहरी भएको र आफ्ना नजिकका लाई जस्तो सुकै गतिविधि गर्न पनि छुट भएको भन्दै भिडियो बनाएका थिए । तर उनी म्यादी प्रहरी भने नभएकाे प्रहरीले बताएकाे छ ।
उनका अनुसार रेग्मीलाई अभद्र व्यवहार गरेको कसुरमा मुद्दा चलाइने छ । उनलाई मंगलबार नै प्रहरी नियन्त्रणमा लिएको बताएको छ ।
प्रहरीले केही दिनअघि म्यादी प्रहरीको पोशाकमा टिकटक बनाएकी युवतीलाई पनि कारबाही गरेको थियो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया