चीनमा भवन भत्किँदा मृत्यु हुनेको संख्या ५३ पुग्यो

काठमाडौं । चीनको हुनान प्रान्तमा एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको पुष्टि भएको छ ।
गत अप्रिल २९ मा सो भवन भत्किएको थियो । सो दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५३ पुगेको शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो भवनमा रहेका १० जना नागरिकलाई भने जिवितै उद्धार गरिएको छ । त्यस्तै भवनको भग्नावशेषबाट त्यहाँ रहेको आशंका गरिएका नागरिकको उद्धार जारी राखिएको थियो ।
शुक्रबार हुनानका प्रान्तीय प्रहरी प्रमुखले सो प्रान्तको वाङ्चेन्दमा रहेको एक भवन भत्किँदा त्यसमा रहेका ५३ जनाको ज्यान गएको र अरु १० जनालाई जिवीतै उद्धार गरिएको जानकारी दिएका हुन् । यस दुर्घटनाको अनुसन्धान जारी रहेको पनि प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया