गाउँमा सिंह पसेको भनेर खोज्न जाँदा झोला भेटियो
काठमाडौं । तीन जना सशस्त्र वन्यजन्तु अधिकारीहरु गाउँमा सिंह पसेको भन्ने उजुरीपछि सावधानीपूर्वक त्यस क्षेत्रमा पुगेका थिए । केन्याका ती अधिकारहिरुले खोज्दै जाँदा झाँडीमा सिंहको टाउकोको तस्बिर छापिएको एउटा झोला फेला पारे ।
माउन्ट केन्या राष्ट्रिय निकुञ्जबाट एक किलोमिटरको दूरीमा रहेको किन्याना गाउँका किसानले आफ्ना मालिकको घरबाहिर आफूले एउटा सिंह देखेको भन्दै जानकारी गराएका थिए । एभोकाडोको बिरुवा भएको त्यो झोला घर मालिकले झाडीमा राखेका थिए ।
स्थानीय प्रमुख साइरस एमबिजिवेले यस क्षेत्रमा सिंहहरु डुलेको थाहा नपाए पनि त्यहाँका बासिन्दाले आफ्ना केही गाईवस्तु हराएको गुनासो गरेकाे बताए ।

‘हामीले घटनालाई धेरै सावधानी र गम्भीरताका साथ लियौं । पहिला त्यस क्षेत्रका सबैजना सुरक्षित छन् भनी सुनिश्चित गर्यौं र वन्यजन्तु अधिकारीहरूले अनुसन्धान गर्दा झाडीमा सिंहको तस्बिर अंकित झोला भेट्टाए’ प्रमुखले भने ।
वन्यजन्तु संरक्षकलाई बोलाउँदा घरधनी घरमा थिएनन् । उनीहरू घर फर्किएपछि सिंहबारे बताउँदा त्यहाँ झोला रहेको पत्ता लागेको हो ।
किनमेल गर्न प्रयोग भएको उक्त झोला झ्यालको तल थियो । त्यो झोला हेरेपछि अधिकारीहरुले त्यहाँ कुनै सिंह नभएर त्यही झोला भएको पुष्टि गरे । गलत सूचनाका बावजुद पनि केन्या वन्यजन्तु सेवाले सम्भावित खतरा कम गर्न स्थानीयले दिएको सूचना र उनीहरुले देखाएको सर्तकताको प्रशंसा गरे ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया