लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–१६ बाट प्रहरीले आज विभिन्न प्रकारका लागुऔषध ८७३ एम्पुलसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतीहारी थाना रामगढवा बेलाहा–१० वर्ष २२ को असरफ अली रहेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
वीरगञ्जको रजतजयन्ती चोकमा खटिएको नियमित चेकिङ टोलीले जाँच गर्ने क्रममा हातमा मोबिलको डिब्बा बोकी शङ्कास्पदरूपमा भारत, रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको अवस्थामा प्रहरीले लागुऔषधसहित अलीलाई पक्राउ गरेको थियो ।
अलीको साथबाट भेटिएको उक्त मोबिलको डिब्बामा लागुऔषध नुरफिन २९१ एम्पुल, फेनारगन २९१ एम्पुल र डाइजेपाम २९१ एम्पुल गरी जम्मा ८७३ एम्पुल फेला परेको थियो । पक्राउ परेका अलीलाई लागु औषध कसुरसम्बन्धी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया