नवौं राष्ट्रिय खेलकुद परिषद्को लोगो, मस्कट र नारा सार्वजनिक
काठमाडौं । आगामी जेठ २२ देखि २८ का लागि तय नवौं राष्ट्रिय खेलकुद परिषद्को लोगो, मस्कट र नारा सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शनिबार लोगो, मस्कट र नारा सार्वजनिक गरेका हुन् ।
नवौं खेलकदुको नारा एकताबद्ध देश, खेलकुदको सन्देश राखिएको छ । मस्कटका रूपमा यसपटक कस्तुरी मृग छानिएको छ । लोगो चन्द्र, सूर्य र माछापुच्छे हिमाल समेटेर तयार गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले यही वैशाख ४ गते नवौ खेलकुदका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गर्न आह्वान गर्दै उत्कृष्टलाई पुरस्कार गर्ने घोषणा गरेको थियो । जसअनुसार कलाकार भोलानाथ पौडेलले निर्माण गरेको लोगो, शुयोग्यराज काफ्लेले लेखेको नारा छनोटमा परेको छ। गीतका लागि पनि एकैसाथ आवेदन गरिएकोमा सुहाउँदो नभेटिएपछि छनोट नगरिएको जनाइएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया