नवौं राष्ट्रिय खेलकुद परिषद्को लोगो, मस्कट र नारा सार्वजनिक

काठमाडौं । आगामी जेठ २२ देखि २८ का लागि तय नवौं राष्ट्रिय खेलकुद परिषद्को लोगो, मस्कट र नारा सार्वजनिक गरिएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शनिबार लोगो, मस्कट र नारा सार्वजनिक गरेका हुन् ।
नवौं खेलकदुको नारा एकताबद्ध देश, खेलकुदको सन्देश राखिएको छ । मस्कटका रूपमा यसपटक कस्तुरी मृग छानिएको छ । लोगो चन्द्र, सूर्य र माछापुच्छे हिमाल समेटेर तयार गरिएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले यही वैशाख ४ गते नवौ खेलकुदका लागि लोगो, मस्कट, नारा र गीत निर्माण गर्न आह्वान गर्दै उत्कृष्टलाई पुरस्कार गर्ने घोषणा गरेको थियो । जसअनुसार कलाकार भोलानाथ पौडेलले निर्माण गरेको लोगो, शुयोग्यराज काफ्लेले लेखेको नारा छनोटमा परेको छ। गीतका लागि पनि एकैसाथ आवेदन गरिएकोमा सुहाउँदो नभेटिएपछि छनोट नगरिएको जनाइएको छ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी जेठ २२ देखि २८ सम्म गण्डकी प्रदेशमा आयोजना हुनेछ ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया