NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

ट्र्याक्टर पल्टिएर युवकको मृत्यु

सप्तरी । जिल्लाको बोदेबर्साइन नगरपालिका–७ मानराजामा ट्र्याक्टर पल्टिएर आज एक युवकको ज्यान गएको छ ।

मृत्यु हुनेमा स्थानीयवासी राजीन पौदारका १९ वर्षीय छोरा शिवकुमार पौदार रहेको प्रहरीले जनाएको छ ।

सोही ठाउँको (केराबारी) मा माटो लिएर फर्किँदै गरेको अवस्थामा प्रदेश २–०१–००१त २००१ नम्बरको ट्र्याक्टर पल्टिएर उनको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी उमेश साहले जानकारी दिए ।