जब बालेन र स्थापितबीच जम्काभेट भयो
काठमाडौं । स्थानीय तह निर्वाचन आउन अब मात्रै चार दिन बाँकी छ । देशको ७५३ वटा स्थानीय तहका विभिन्न पदमा उम्मेदवार दिएका उम्मेदवारहरू परिणाम आफ्नो पक्षमा पार्न यतिबेला घरदैलो कार्यक्रममा सक्रिय छन् ।
देशभरका स्थानीय तहमा वैशाख ३० मा निर्वाचन हुने भए पनि आमनागरिकको अलिक बढी चासोचाहिँ केही खास स्थानीय तहमा छ । त्यसमध्येको एक हो, काठमाडौं महानगरपालिका ।
देशको संघीय राजधानीभित्रको महानगरपालिका भएकाले तथा खडा भएका उम्मेदवारका कारण यसप्रतिको चासो अलि बढी छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा झण्डै तीन दर्जन उम्मेदवावर चुनावी मैदानमा छन् । तर एमाले उम्मेदवार केशव स्थापित, कांग्रेसकी सिर्जना सिंह र स्वतन्त्रबाट बालेन शाहलगायत एक दर्जनभन्दा कम उम्मेदवारको मात्र चर्चा छ । चुनावको मिति आउन चार दिन बाँकी छँदा कतिपय गुमनामप्रायः छन् ।
चर्चामा रहेकामध्ये पनि स्थापित, सिंह र बालेनबीच कडा प्रतिस्पर्धा हुने प्रक्षेपण छ । त्यसैले होला, यी उम्मेदवार एक–अर्कामाथि आक्रामक देखिएका छन् । स्थापित र बालेनबीच त वाक् युद्ध नै चल्यो । यो क्रममा बालेन निकै संयमित र परिपक्व देखिए पनि स्थापितले नश्लीय आरोप नै लगाउन भ्याए । यसले स्थापितको आलोचनासमेत भइरहेको छ ।
उनै स्थापित र बालेनबीच आइतबार बिहान अकस्मात् जम्काभेट भयो । घरदैलो अभियानका क्रममा दुईबीच काठमाडौंको शान्तिनगरमा जम्काभेट भएको हो ।
एमाले र बालेन समूहको चुनावी प्रचार टोली जम्काभेट भए पनि उनीहरूले कटुटा नदेखाइ हार्दिकता प्रदर्शन गरे । एकले अर्कोलाई अंकमाल गरे । अंकमालपछि दुईले मुस्कानसहित तस्बिर पनि खिचाए । र, अन्त्यमा शुभकामना दिएर आ–आफ्नो गन्तव्य लागे ।
महानगरपालिकाका दुई उम्मेदवारबीचको जम्काभेटका तस्बिर पोस्ट् गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले विभिन्न कोणबाट यसको चर्चा परिचर्चा गरिरहेका छन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया