नेपाल फाइनान्सले जेठ ६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले जेठ ६ गतेदेखि हकप्रद सेयर निष्काशन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले १० बराबर ७ को अनुपातमा प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको ३४ करोड ५४ लाख ४७ हजार ४२८ बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २८ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
उक्त हकप्रद निष्काशनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार वैशाख २० गतेसम्म कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद शेयरको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा प्रभु क्यापिटल, नेपाल फाइनान्सका केन्द्रीय तथा शाखा कार्यालयहरु र धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरो सेयरबाट जेठ २६ गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीको हकप्रदलाई इक्रा नेपालले इक्राएनपी आईआर सी प्लस रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । हाल कम्पनीको चुक्तापूँजी ४९ करोड ३४ लाख ९६ हजार ३२५ रहेको छ । हकप्रद निष्काशनपछि उक्त पूँजी ८३ करोड ८९ लाख ४३ हजार ७५२ दशमलव ५० पुग्नेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया