कक्षा १२ को परीक्षा केन्द्र तोकियो

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र तोकेको छ ।
परीक्षा बोर्डको २३ गते बसेको बैठकले परीक्षा केन्द्र निर्धारण गरेको हो । बोर्डले सोमबार वेवसाइटमार्फत सूचना जारी गर्दै परीक्षा केन्द्रबारे विस्तृत जानकारी गराएको छ ।
परीक्षा जेठ १६ गते बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयका अनुसार उक्त परीक्षामा करिब चार लाख परीक्षार्थी सहभागी हुने छन् ।
परीक्षार्थीले परीक्षा केन्द्र बोर्डको वेवसाइटमार्फत हेर्न सक्नेछन् ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया