युक्रेनका राष्ट्रपति जेलेन्स्कीले युद्धका समयमा लगाएको ज्याकेट बिक्री
किएभ । रुस र युक्रेनबीच दुई महिनाभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । लगातार बम विष्फोटका कारण युक्रेनी सहरहरूले विश्वसँगको सञ्चार गुमाएका छन् । पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ ।
यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीको ज्याकेट बिक्री भएको छ । यस लिलामीबाट संकलित रकम युक्रेनमा फसेका मानिसहरूलाई मद्दत गर्न प्रयोग गरिनेछ । लन्डनमा आयोजित कार्यक्रममा जेलेन्स्कीको ज्याकेट लगभग १ लाख १० हजार अमेरिकी डलरमा बिक्री भएको हो ।
यो लिलामी लन्डनस्थित युक्रेन दूतावासले आयोजना गरेको हो । मिडिया रिपोर्टका अनुसार ज्याकेटको प्रारम्भिक मूल्य करिब ६० हजार ६ सय डलर राखिएको थियो ।
त्यसपछि बेलायती राष्ट्रपति बोरिस जोनसनले युक्रेनीहरुलाई सहयोग हुने भन्दै नागरिकहरुलाई ज्याकेट अधिकतम मूल्यमा किन्न आग्रह गरेका थिए । यसपछि ज्याकेटको मूल्य बढाएर बिक्री भएको हो ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया