सहमतिपछि उठ्यो परियारको शव
चितवन । धारिलो हतियार प्रहार गरी हत्या गरिएका नेपाली कांग्रेसका बागमती प्रदेश प्रतिनिधि अनिल परियारको अन्त्येष्टि गरिएको छ । स्थानीय प्रशासन र पीडित पक्षबीच सहमति भएपछि मङ्गलबार साँझ अन्त्येष्टि गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार पीडितलाई राहतका लागि गृह मन्त्रालय लेखी पठाउने, शवको व्यवस्थापन गर्ने, अभियुक्तको यथाशीघ्र खोजी गर्ने र घटनापछि भएका क्रियाकलाप नियन्त्रण गर्ने सहमति भएको हो । यससँगै भरतपुर अस्पतालको शवगृहमा रहेको परियारको शव परिवारले दाहसंस्कार गरेका हुन् ।
परियारको आइतबार साँझ अबेर भरतपुर महानगरपालिका–७ कृष्णपुरमा हत्या भएको थियो ।
बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको उपस्थितिमा सहमति भएको हो । श्रेष्ठले राहत तत्काल दिलाउनका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूले कुराकानी गरेको बताए । स्थानीय प्रशासनले दोषीलाई पक्राउ गरी कारबाही गर्नुपर्ने माग आफ्नो रहेको बताए ।
नेपाली कांग्रेस चितवनले हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न र सहिद घोषणा गर्न माग गरेको छ । जिल्ला सभापति राजेश्वर खनालले सहिद घोषणाका लागि पार्टीको केन्द्रमा लेखी पठाउने बताए ।
हत्यामा सङ्लग्न भएकाहरूको पहिचान भएको र खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । हत्यापछि कांग्रेस र तिनका भातृ सङ्गठनले विरोध प्रदर्शन गर्दै आएका थिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया