हंगेरीमा पहिलो महिला राष्ट्रपतिले पदभार ग्रहण गरिन्
डापेस्ट । हंगेरीको पहिलो महिला राष्ट्रपति क्याटलिन नोभाकले पदभार ग्रहण गरेकी छन् । मंगलबार उनलाई पूर्व राष्ट्रपति जानोस एडरले हंगेरीको राष्ट्रपति निवास स्यान्डर प्यालेसको प्रवेशद्धारामा स्वागत गरेको सिन्ह्वा समाचार एजेन्सीले जनाएको छ ।
संसदले नोभाकलाई मार्च १० मा राष्ट्रपतिका रुपमा चुनेको थियो । निर्वाचित भएपछि नोभाकले आफू देशको शान्तिका लागि राष्ट्रपति बन्न चाहेको बताइन् ।
हंगेरीको संसदले प्रधानमन्त्री भिक्टर ओर्बानकी निकट सहयोगी क्याटालिन नोभाकलाई युरोपेली संघको सदस्य राष्ट्र हंगेरीको पहिलो महिला राष्ट्रपतिमा निर्वाचित गरेको थियाे । उनले आफू राष्ट्रपति हुनु भनेकाे सम्पूर्ण महिलाकाे जित भएकाे प्रतिक्रिया दिएकी छिन् ।
शनिबार बिहान संसदको कोसुथ स्क्वायरमा औपचारिक उद्घाटन हुनेछ । नोभाक पाँच वर्षको कार्यकालका लागि निर्वाचित भएकी हुन् र स्थानीय कानून अनुसार राष्ट्रप्रमुखले दुई कार्यकाल शासन सम्हाल्न पाउँछन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया