पैसा बाँड्दा बाँड्दै एमाले सांसद नविना लामालाई स्थानीयले घेरे
काठमाडौँ । मतदानको अघिल्लो दिन राती पैसा बाँडेको भन्दै एमाले सांसद नविना लामालाई स्थानीयले घेरिरहेको भिडियो सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक विडियोमा एमाले सांसद नविना लामाले पैसा बाँढेको भन्दै काभ्रे, चौँरी देउराली ६ का स्थानीयले घेरेका छन् ।
भिडियोमा सांसद लामा निरास मुद्रामा देखिएकी छिन् । स्थानीयले चर्को आवाजमा उनको विरोध गरिरहेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिका लागि भोली मतदान हुँदैछ । निर्वाचन आयोगले मतदान शुरु हुनुभन्दा ४८ घण्टा अघि मौन समय तोकेको थियो ।
यही मौन समयमा सांसद नविना लामा पैसा बोकेर मतदाता प्रभावित पार्दै हिडेको भन्दै स्थानीयले घेरा हालेका हुन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया