पैसा बाँड्दा बाँड्दै एमाले सांसद नविना लामालाई स्थानीयले घेरे

काठमाडौँ । मतदानको अघिल्लो दिन राती पैसा बाँडेको भन्दै एमाले सांसद नविना लामालाई स्थानीयले घेरिरहेको भिडियो सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक विडियोमा एमाले सांसद नविना लामाले पैसा बाँढेको भन्दै काभ्रे, चौँरी देउराली ६ का स्थानीयले घेरेका छन् ।
भिडियोमा सांसद लामा निरास मुद्रामा देखिएकी छिन् । स्थानीयले चर्को आवाजमा उनको विरोध गरिरहेका छन् ।
स्थानीय तहका जनप्रतिनिधिका लागि भोली मतदान हुँदैछ । निर्वाचन आयोगले मतदान शुरु हुनुभन्दा ४८ घण्टा अघि मौन समय तोकेको थियो ।
यही मौन समयमा सांसद नविना लामा पैसा बोकेर मतदाता प्रभावित पार्दै हिडेको भन्दै स्थानीयले घेरा हालेका हुन् ।
ताजा अपडेट
-
हिमतालको जोखिम घटाउन जिसिएफको पाँच अर्ब अनुदान
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
प्रतिक्रिया