झडप भएपछि सर्लाहीमा हवाइ फायर, मतदान सुरु हुन सकेन

सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ । गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप पछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर गरेको हो ।
वडा नम्बर ३ को मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच झडप भएको थियो । स्थिति तनावपूर्ण भएपछि त्यहाँ अहिलेसम्म मतदान सुरू हुन सकेकाे छैन ।
त्यहाँ मतदान केन्द्रकाे विषयमा विवाद भएकाे थियाे ।
प्रतिक्रिया