नातिनातिना नपाएको भन्दै छोराबुहारीविरुद्ध मुद्दा दायर
काठमाडौं । नातिनातिना नपाएको भन्दै एक दम्पतीले आफ्नै छोराबुहारीविरुद्ध मुद्दा हालेका छन् । भारतको उत्तराखण्ड राज्यका ती दम्पतीले विवाह गरेको ६ वर्षपछि पनि नातिनातिना नपाएको भन्दै आफ्ना एक मात्र छोरा र उनकी श्रीमतीविरुद्ध मुद्दा हालेका हुन् ।
६१ वर्षीय सञ्जिव र ५७ वर्षकी साधना प्रसादले आफ्नो छोरा हुर्काउन, पाइलट पढाउन र विवाहका लागि धेरै खर्च गरेको भन्दै उनीहरुले अबको एक वर्षभित्र छोराछोरी नपाए ६ लाख ५० हजार डलर क्षतिपूर्ती दिनुपर्ने माग गरेका छन् ।
उनीहरुको छोरा र बुहारीले यसबारे केही टिप्पणी गरेका छैनन ।
यसले गर्दा आफूहरुलाई छोरा बुहारीले मानसिक उत्पीडन गरेको आधारमा मुद्दा दायर गरिएको थियो । प्रसादले आफ्नो सबै पैसा छोराका लागि खर्च गरेको बताएका छन् । अवकाशपछि नातिनातिनासँग खेल्न पाउने आशमा उनीहरुले ३५ वर्षीय छोरा श्रेय सागरले अमेरिकाबाट पाइलट पढेर आएर भारतमा जागिर सुरु गरेपछि सन् २०१६ मा ३१ वर्षीया शुभाङ्गी सिन्हासँग विवाह गरिदिएको बताएका छन् ।
हरिद्वारमा दायर गरिएको मुद्दामा अदालतले मे १७ मा सुनुवाई गर्ने अपेक्षा गरिएको छ ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया