NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

मनाङको चामे गाउँपालिका उपाध्यक्षमा कांग्रेसकी ढोमा विजयी

काठमाडौँ । स्थानीय तह निर्वाचनको मत परिणाम आउन शुरु भएको छ । कम मतदाता भएका स्थानीय तहको मतपरिणाम सार्वजनिक हुन थालेको हो ।

भर्खरै प्राप्त समाचार अनुसार मनाङको चामे गाउँपालिकाको उपाध्यक्षमा कांग्रेसकी मिङमार ढोमा विजयी भएकी छिन् ।

सो गाउँपालिकाको अध्यक्षमा भने अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

चामेमा विजयी भएर नेकपा एमालेले स्थानीय निर्वाचन २०७९ को खाता खोलेको छ । गाउँपालिकाको अध्यक्ष पदमा एमालेका उम्मेदवार लोकेन्द्रवहादुर घले ३०३ मत पाएर विजयी भएका हुन् ।

कांग्रेसले खोल्यो जितको खाता, गाउँपालिका अध्यक्षमा लामा विजयी

कांग्रेस र एमालेले खाता खोलेको मनाङमा २०७४ मा कसले जितेको थियो ?