दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा माओवादी उम्मेदवार विजयी
काठमाडौं । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्ष माओवादी केन्द्रले जितेको छ । कांग्रेसका भले बुढामगरलाई परास्त गर्दै माओवादीका छवि सुवेदी त्यहाँ विजयी भएका हुन् ।
माओवादीका सुवेदीले कांग्रेसका बुढामगरलाई ६५६ मतले पछि पार्दै जित निकालेका हुन् ।
सुवेदीले ३२०० मत हासिल गर्दा उनका निकटतम प्रतिद्वन्द्वी बुढामगर २५४४ मतमा रोकिए । तेस्रो स्थानमा सीमित एमालेका शशिराम विश्वकर्माले १९२० मत हासिल गरेका छन् ।
उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । कांग्रेसकी अमृता सिंहलाई पराजित गर्दै शाही विजयी भएकी हुन् । शाहीले २८४३ मतका साथ जित दर्ता गराउँदा सिंह २४०४ मतमा रोकिइन् । एमालेकी उपाध्यक्ष उम्मेदवारले तेस्रो स्थानमा रहिन् । उनले हासिल गरेको मत १९१८ छ ।
अघिल्लो स्थानीय तह निर्वाचनमा शून्य माओवादीले एकीकृत समाजवादीसँगको गठबन्धनमा त्यहाँ जित निकालेको हो ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया