अपडेट : झलनाथको गृहनगरमा नेकपा एसलाई राहत, हेर्नुहोस् मत परिणाम
काठमाडौँ । बरिष्ठ नेता झलनाथ खनालको गृहनगर इलामको सूर्योदय नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
नेकपा एमालेका उम्मेदवार काजीमान कागते ठूलो मतअन्तरमा पछाडी परेका छन् ।
सूर्योदय नगरपालिकामा नेकपा समाजवादीका मेयरका उम्मेदवार रनबहादुर राईले १२५३ मत प्राप्त गर्दा एमालेका मेयरका उम्मेदवार कागतेले ८०३ मत प्राप्त गरेका छन् ।
सूर्योदय नगरपालिकामा एमाले विरुद्ध कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले साझा उम्मेदवारी दिएका थिए ।
उपमेयरमा गठबन्धनका तर्फबाट कांग्रेसका दुर्गाकुमार बरालले ११६० मत पाएका छन् । उनको प्रतिस्पर्धी एमालेका दुर्गादेवी भट्टराईले ८ सय २५ मत प्राप्त गरेकी छिन् ।
अहिलेसम्मको मतगणना परिणामले झलनाथको गृह नगर सूर्योदया नगरपालिकामा नेकपा समाजवादी विजयी हुने देखिएको छ ।
ताजा अपडेट
-
मित्रराष्ट्रहरूसँग बेलैमा सहयोग मागेको भए थप व्यक्तिहरूको ज्यान जोगाउन सकिन्थ्यो
-
भोटेकोशी बाढी : खोज तथा उद्धारमा खटिने सुरक्षाकर्मी र राष्ट्रसेवकलाई जोखिम भत्ता
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय
-
सरकारले भदौ २३ गते जेनजी दिवस मनाउन सार्वजनिक बिदा दिने
-
भोटेकोशी बाढी : ११ हजार ९९३ जनाको उद्धार


प्रतिक्रिया