माओवादीको लालकिल्ला थवाङ एमालेले भत्कायाे
रोल्पा । नेकपा एमाले रोल्पाको थवाङमा पनि विजयी बनेको छ । थवाङ माओवादी जनयुद्धको प्रमुख आधार इलाका हो । यसलाई माओवादी आन्दोलनको लालकिल्ला भनेर चिनिन्छ ।
माओवादीको लालकिल्ला थवाङलाई एमालेले भत्काएको छ । थवाङ गाउँपालिका – ४ को वडाध्यक्षमा एमालेका हिक्मत घर्तीमगर विजयी भएका छन् ।
थवाङमा एमाले विजयी भएको पहिलो पटक हो ।
यसैगरी रोल्पाकै त्रिवेणी गाउँपालिका –२ को वडाध्यक्षमा पनि एमालेका कविराज बुढामगर र गंगादेव गाउँपालिका – ६ को वडाध्यक्षमा एमालेकै वीरबहादुर वली विजयी भएका छन् । यस्तै रुन्टीगढी गाउँपालिका – ३ को वडाध्यक्षमा गणेश गिरी विजयी भएका छन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया