स्याङ्जाको गल्याङमा कांग्रेसलाई अग्रता

काठमाडौं । स्याङ्जाको गल्याङ नगरपालिकाको मेयर र उपमेयर दुवैमा कांग्रेस उम्मेदवारले अग्रता बनाएका छन् ।
प्राप्त पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसका मेयरका उम्मेदवार गुरुप्रसाद भट्टराईले एमालेका सूर्यप्रसाद गैरे (पारस)लाई ६९८ मतले पछाडि पारेका छन् । उनीहरूले क्रमशः ७ हजार ६१८ र ६ हजार ८८३ मत हासिल गरेका छन् ।
उपप्रमुखमा अहिलेसम्म हेमा न्यौपानेको अवस्था सुदृढ छ । उनले ७ हजार २२३ मत हासिल गर्दा उनलाई एमालेकी देवीसरा थापाले ७ हजार ३६ मतका साथ पछ्याइरहेकी छन् ।
गल्याङमा हालसम्म वडा नं. १, २, ३, ४, ५, ६, ७ र ८ वडाको गणना सम्पन्न भइसकेको छ । वडा नं. ९ मा अहिले गणना जारी छ भने बाँकीमा पनि तयारी गरिएको छ ।
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया