केपी ओलीकै जन्म गाउँमा एमाले पराजित
काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्म गाउँ आठराई गाउँपालिकामा कांग्रेसका उम्मेदवार दिलकुमार पाहिम विजयी भएका छन् ।
सत्ता सत्तागठबन्धनसमेतका उम्मेदवार रहेका पाहिमले ४ हजार ६ सय ९९ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामचन्द्र थपलियाले ४ हजार ८ मत प्राप्त गरेका छन् । पाहिमको मतान्तर ६९१ रहेको छ ।
त्यस्तै उपाध्यक्षमा पनि सत्तागठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बलिराज इङनाम ४ हजार ८० मतसहित एमालेका उम्मेदवार रुपादेवी कन्दङवालाई पराजित गरेका छन् । उनले ४ हजार ७० मत पाएकी छिन् । यहाँ मतान्तर जम्मा १० रहेको छ ।
गत निर्वाचनमा कन्दङवा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । गत निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष दुवै पद एमाले विजयी भएका थिए ।
ओलीकै घर रहेको ४ नम्बर वडामा एमाले पराजित भएको छ । कांग्रेस २, ३, ४ र ६ वडामा विजयी भएको छ । एमाले १, ५ र ७ मा मात्र खुम्चिएको छ । ओलीले आफ्नो ६९ औं जन्मदिन जन्म घरमा नेपालको नक्सा अंकित केक काटेर मनाएका थिए ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया