भरतपुरमा रेनु दाहालले लिइन् अग्रता
काठमाडौं । माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेनु दाहालले पुनः अग्रता लिएकी छिन् । एमालेका उम्मेदवार विजय सुवेदीसँग झिनो मतले पछि परेकी दाहालले ५ हजार ३९ मतसहित अग्रता लिएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी सुवेदीले ५ हजार २७ मत प्राप्त गरेका छन् । यसअघि ५७ मतले पछि परेकी रेनु पछिल्लो मतपरिणाम अनुसार १२ मतले अग्रता लिएकी हुन् ।
स्वतन्त्र उम्मेदवार उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३५५ मत पाएका छन् । सुरूदेखि नै झिनो मतान्तरले भरतपुरको मतगणना रोमान्चक रहँदै आएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया