भरतपुरमा रेनु दाहालले लिइन् अग्रता

काठमाडौं । माओवादी केन्द्रबाट भरतपुर महानगरपालिकामा मेयरका उम्मेदवार रेनु दाहालले पुनः अग्रता लिएकी छिन् । एमालेका उम्मेदवार विजय सुवेदीसँग झिनो मतले पछि परेकी दाहालले ५ हजार ३९ मतसहित अग्रता लिएकी हुन् ।
उनका निकटतम प्रतिस्पर्धी सुवेदीले ५ हजार २७ मत प्राप्त गरेका छन् । यसअघि ५७ मतले पछि परेकी रेनु पछिल्लो मतपरिणाम अनुसार १२ मतले अग्रता लिएकी हुन् ।
स्वतन्त्र उम्मेदवार उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ३५५ मत पाएका छन् । सुरूदेखि नै झिनो मतान्तरले भरतपुरको मतगणना रोमान्चक रहँदै आएको छ ।
ताजा अपडेट
-
सुदूर पश्चिमका पूर्वमुख्यमन्त्री सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा
-
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताको छलफल सुरु
-
सरकार र यातायात व्यवसायीबीच वार्ता सुरु
-
सुजित घिमिरे र देवी घर्तीको स्वरमा ‘सिसा झ्यालैमा’ गीत सार्वजनिक (भिडियाेसहित)
-
सङ्घीय सरकारबाट प्रदेशलाई जाने बजेटः कर्णालीलाई सबैभन्दा बढी, गण्डकीलाई कम
प्रतिक्रिया