भक्तपुरमा पनि खोल्यो राप्रपाले खाता
काठमाडौं । यसपटकको स्थानीय तह निर्वाचनमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राम्रो उपस्थिति देखाएको छ । नेपालगञ्ज, हेटौंडासहित १५ स्थानीय तहमा लिड गरिरहेको राप्रपाले ३७ वडाध्यक्ष जितिसकेको छ ।
यसैक्रममा राप्रपाले काठमाडौंपछि भक्तपुरको वडामा पनि जित निकालेको छ । त्यहाँको चाँगुनारायण नगरपालिका–६ मा राप्रपाका उम्मेदवार धनबहादुर लामा प्यानलसहित विजयी भएका छन् ।
राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार, जारी मतगणनामा उपमहानगरपालिकासहित १५ स्थानीय तहमा राप्रपाले लिड गरिरहेको छ । ८० भन्दा बढी स्थानीय तहमा दोस्रो र २०० भन्दा स्थानीय तहमा तेस्रो स्थानमा रहेर राप्रपाले चुनौती दिइरहेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया