NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

भक्तपुरमा पनि खोल्यो राप्रपाले खाता

काठमाडौं । यसपटकको स्थानीय तह निर्वाचनमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राम्रो उपस्थिति देखाएको छ । नेपालगञ्ज, हेटौंडासहित १५ स्थानीय तहमा लिड गरिरहेको राप्रपाले ३७ वडाध्यक्ष जितिसकेको छ ।

यसैक्रममा राप्रपाले काठमाडौंपछि भक्तपुरको वडामा पनि जित निकालेको छ । त्यहाँको चाँगुनारायण नगरपालिका–६ मा राप्रपाका उम्मेदवार धनबहादुर लामा प्यानलसहित विजयी भएका छन् ।

राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीका अनुसार, जारी मतगणनामा उपमहानगरपालिकासहित १५ स्थानीय तहमा राप्रपाले लिड गरिरहेको छ । ८० भन्दा बढी स्थानीय तहमा दोस्रो र २०० भन्दा स्थानीय तहमा तेस्रो स्थानमा रहेर राप्रपाले चुनौती दिइरहेको छ ।