मतगणना नसकिंदै वडाध्यक्षका उम्मेदवारको मृत्यु

काठमाडौं । ललितपुर महानगरपालिका १४ का पूर्व वडा अध्यक्ष रामबाबु महतको निधन भएको छ ।
महतको मंगलबार हृदयघातका कारण निधन भएको हो ।
महत यसपटक पार्टीबाट उम्मेदवार बनेका थिएनन् । तर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
ललितपुर १४ मा मतगणना हुनै बाँकी छ । मतगणना नै नहुँदा उनकाे निधन भएकाे हाे ।
यस अघि ललितपुर १ मै कांग्रेसले टिकट नदिए पनि स्वतन्त्रबाट उठेर निर्मल तण्डुकार कांग्रेस उम्मेदवारलाई नै पराजित गर्दै पुनः वडाध्यक्ष जित्न पुगेका थिए ।
प्रतिक्रिया