‘सिद्धबाबा’लाई सफाइ दिने सुनसरी अदालतको फैसला बदर

काठमाडौ । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धका मुद्दामा जिल्ला अदालत सुनसरीले गरेको फैसला उच्च अदालत विराटनगरले बदर गरेको छ ।
उच्च अदालत विराटनगरका कायममुकायम मुख्य न्यायाधीश सत्यमोहन जोशी थारु र न्यायाधीश किरणकुमारी गुप्ताको संयुक्त इजलासले सुनसरी जिल्ला अदालतको फैसला मंगलबार बदर गरेको हो ।
जिल्ला अदालत सुनसरीको फैसला बदर र सबुद प्रमाण बुझेर इन्साफ गर्न सुरु जिल्ला अदालतमा नै मुद्दा फिर्ता पठाउने फैसला भएको उच्च अदालत विराटनगरका सूचना अधिकारी ओम सुवेदीले बताए ।
एक महिला अनुयायीमाथि जबरजस्ती करणीको मुद्दामा सहमतिमा नै शारीरिक सम्बन्ध भएको ठहर गर्दै शिद्धबाबालाई २०७७ मंसिर २२ गते जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सफाइ दिएको थियो ।
ताजा अपडेट
-
३४ अंकले बढ्यो नेप्से, कारोबार कति ?
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
प्रतिक्रिया