NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १० गते

चितवनको कालिका नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले विजयी

काठमाडौं । पाँचदलीय गठबन्धनलाई पराजित गर्दै चितवनको कालिका नगरपालिका प्रमुखमा नेकपा एमालेका उम्मेदवार विनोद रेग्मी निर्वाचित भएका छन् ।

रेग्मीले गठबन्धनका उम्मेदवार कांग्रेसका शिवराम केसीलाई पराजित गरेका हुन् । रेग्मीले १० हजार ७१४ मत ल्याइ विजयी भए । उनका निकटतम प्रतिस्पर्धी केसीले १० हजार ५६१ मत पाएका थिए ।

त्यस्तै उपमेयरमा एमालेकै विमला लामा निर्वाचित भएका छन् । लामाले १० हजार ४४९ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी ९ हजार ६८८ पाएका छन् । वडातर्फ मिश्रित परिणाम आएकाो छ । कांग्रेसले ५, एमाले ४ र माओवादी २ वडा जितेको छ ।