दोधारा चाँदनीमा एमालेका लिम्बु नगरप्रमुखमा निर्वाचित

महेन्द्रनगर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको नगरप्रमुख पदमा नेकपा एमालेका उम्मेदवार किशोर लिम्बु निर्वाचित भएका छन्।
बुधबार सम्पन्न मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार गोपालदत्त भट्टलाई ९३३ मत अन्तरले पराजित गर्दै लिम्बू नगरप्रमुखमा निर्वाचित भएका हुन् ।
लिम्बुले सात हजार १०४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी भट्टले ६ हजार १७१ मत ल्याएका छन् । त्यसैगरी नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखको उम्मेदवार रहेकी निरुदेवी कामीले ७७६ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी उम्मेदवार गङ्गादेवी जोशी निर्वाचित भएकी छन् । उनी ६ हजार ३६५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार खिमा चन्दले पाँच हजार ८२२ मत प्राप्त गरेकी छन् ।
२६ हजार ८०३ मतदाता रहेको दोधारा चाँदनीमा यसअघि प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका थिए । १० वटा वडा रहेको दोधारा चाँदनीमा नेकपा एमालेले ६ वडाध्यक्षसमेत जितेको छ । नौवटा पालिका रहेको कञ्चनपुरमा नेकपा एमालेले दुई र नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक/ एक पालिकामा जित निकालेको छ ।
प्रतिक्रिया