हातहतियारसहित २ जना युवक पक्राउ

काठमाडौं । प्रहरीले विभिन्न हातहतियारसहित दुई जना युवक पक्राउ गरेको छ । पक्राउ पर्नेमा निजगढ नगरपालिका-११ बस्ने २१ वर्षीय रुद्ध कुंवर र २० वर्षीय शिव कुंवर रहेका छन् ।
प्रहरीले उनीहरुलाई मंगलबार दिउँसो एक थान कटुवा पेस्तोल, फलामको दाउ, दुई थान फलामको पाईप, रड र नकसहित पक्राउ गरेको हो । दुवै जना हातहतियार लिएर गाउँघरमा हिडिरहेको भन्ने खबरका साथ जाँच गर्दा उक्त हतियार फेला परेको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया