NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १० गते

३१ हजार ६९३ मतगणना हुँदा भरतपुरमा रेनु र विजयले कति–कति पाए ?

काठमाडौं । स्थानीय तहको इपिसेन्टर मानिने भरतपुर महानगरपालिकाको मेयरमा माओवादीकी रेनु दाहालले अग्रता थप बलियो बनाउँदै लगेकी छिन् ।

३१ हजार ६ सय ९३ मतगणना हुँदा रेनुले ११ हजार ७ सय १६ मत बनाएर २ हजार एक सय ९८ मतको अग्रता लिएकी छिन् ।
रेनुलाई पछ्याइरहेका एमालेका विजय सुवेदीले ९५१८ मत प्राप्त गरेका छन् ।

कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले ५ हजार एक सय ४७ मत प्राप्त गरेका छन् ।

उपमेयरमा कसको मत कति ?

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ८ सय ९१ मत प्राप्त गरेर अग्रता बनाइरहेका छन् । राप्रपाकी हिमला गुरुङले ७ हजार सात सय ७८ मत प्राप्त गरेकी छिन् ।

वडा ७ को अध्यक्षमा कांग्रेसका राजेन्द्रमणि काफ्लेले १२३८ मत ल्याएर १४० मतको अग्रता बनाएका छन् । एमालेका सनद लामिछानेले १०९८ मत ल्याएका छन् ।

वडा ८ मा कांग्रेसका जीवनाथ कँडेलले ५४५ मत ल्याएर ७४ मतको अग्रता बनाएका छन् । एमालेका तीलक दर्लामीले ४७१ मत प्राप्त गरेका छन् ।