नेपाल फाइनान्सले शुक्रबारदेखि हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर भोलि (शुक्रबार) देखि बिक्री खुलाउने भएको हो ।
उक्त हकप्रद सेयरका लागि फाइनान्सले बैशाखमा नै बुक क्लोज गरिसकेको छ ।
फाइनान्सले १।०७ को अनुपातमा ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । लगानीकर्ताले जेठ २६ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद सेयरमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सेवा लिएको बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयरको मोबाइल एपबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया