नेपाल फाइनान्सले शुक्रबारदेखि हकप्रद सेयर निष्काशन गर्ने
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर भोलि (शुक्रबार) देखि बिक्री खुलाउने भएको हो ।
उक्त हकप्रद सेयरका लागि फाइनान्सले बैशाखमा नै बुक क्लोज गरिसकेको छ ।
फाइनान्सले १।०७ को अनुपातमा ३४ लाख ५४ हजार ४७४ कित्ता हकप्रद सेयर निष्काशन गर्न लागेको जनाएको छ । लगानीकर्ताले जेठ २६ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । उक्त हकप्रद सेयरमा लगानीकर्ताले धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि आस्वा सेवा लिएको बैंक तथा वित्तिय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयरको मोबाइल एपबाट पनि आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
हकप्रद सेयरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।
ताजा अपडेट
-
केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेपछि फेरियो भोजपुरको दुर्गम गाउँको दैनिकी
-
मोबाइल बैंकिङ प्रयोगकर्ता ३ करोड नाघे, चाडपर्वमा बढ्यो डिजिटल कारोबार
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी


प्रतिक्रिया