कागेश्वरी मनोहरा मेयर कांग्रेस, उपमेयरमा एमाले विजयी
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीले ११ हजार ३२२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रामशरण ढुंगानाले ८ हजार २६३ मत पाए । कार्कीले ३ हजार ५९ मतान्तरले ढुंगानालाई पराजित गरेका हुन् । गत निर्वाचनमा कार्की एमालेका कृष्णहरि थापासँग पराजित भएका थिए ।
त्यस्तै उपमेयरमा एमालेका उम्मेदवार शान्ता थापा ९ हजार ९७५ मत ल्याइ विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका भोला चापागाईंले ५ हजार ४२२ मत प्राप्त गरे ।
ताजा अपडेट
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन


प्रतिक्रिया