NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

कागेश्वरी मनोहरा मेयर कांग्रेस, उपमेयरमा एमाले विजयी

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार उपेन्द्र कार्कीले ११ हजार ३२२ मत ल्याइ विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार रामशरण ढुंगानाले ८ हजार २६३ मत पाए । कार्कीले ३ हजार ५९ मतान्तरले ढुंगानालाई पराजित गरेका हुन् । गत निर्वाचनमा कार्की एमालेका कृष्णहरि थापासँग पराजित भएका थिए ।

त्यस्तै उपमेयरमा एमालेका उम्मेदवार शान्ता थापा ९ हजार ९७५ मत ल्याइ विजयी भइन् । उनका निकटतम प्रतिस्पर्धी माओवादीका भोला चापागाईंले ५ हजार ४२२ मत प्राप्त गरे ।