असईले अभद्र व्यवहार गरेको भन्दै बाराका म्यादी प्रहरी प्रदर्शनमा
काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई)ले अभद्र व्यवहार भएको भन्दै बारामा म्यादी प्रहरी प्रदर्शनमा उत्रिएका छन् ।
जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत असई रवीकुमार साह तेलीले अभद्र व्यवहार गरेको भन्दै म्यादी प्रहरीहरूको प्रदर्शनमा उत्रिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय अगाडिको सडक अवरुद्ध गरी प्रदर्शन गरिरहेका आक्रोशित म्यादी प्रहरीको भिडले प्रहरीमाथि ढुंगामुढा समेत गरेको बताइएको छ ।
बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले भने अभद्र व्यवहार गर्ने असईलाई कारबाही गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया