विराटनगरमा फराकिलो अन्तरसहित मेयरमा कांग्रेस, उपमेयरमा एमाले विजयी
काठमाडौं । विराटनगर महानगरपालिकाको मेयरमा कांग्रेसका उम्मेदवार नागेश कोइरालाले विजयी खाता खोलेका छन् । मूख्य निवार्चन कायर्लय विराटनगरले दिएकाे जानकारी अनुसार कोइरालाले ३० हजार १ सय ७० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार सागर थापाले २१ हजार ४५५ मत पाएका छन् । कोइरालाले ८ हजार ७१५ को फराकिलो मतान्तरले थापालाई हराएका हुन् ।
त्यस्तै उपमेयरमा एमालेकी शिल्पा कार्की विजयी भएका छन् । कार्कीले २५ हजार ६८० मत पाइन । उनका प्रतिस्पर्धी अमेरन्द्र यादवले १४ हजार २१९ मत पाए । यादव जसपाका अध्यक्ष उपेन्द्रका छोरासमेत हुन् । गठबन्धनबाट कांग्रेस र जसपाले भागबण्डा गरेपनि कांग्रेसका उम्मेदवारमात्र विजयी भए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया