नर्सिङ लाइसेन्सका लागि आवेदन आह्वान

काठमाडौं । नर्सिङ लाइसेन्सका लागि सरकारले आवेदन आह्वान गरेको छ । नेपाल नर्सिङ परिषद्ले नर्सिङ विषय लिएर पिसिएल, बिएससी र बिएमएस उत्तीर्ण गरेकालाई लाइसेन्स दिन आवेदन आह्वान गरेको हो ।
नर्सिङ विषय लिएर प्रवीणता प्रमाणपत्र, बिएस्सी र बिएमएस उत्तीर्ण गरेकाको आगामी असार २५ गते लाइसेन्स परीक्षा सञ्चालन गर्ने तय भएके परिषद्ले जनाएको छ ।
त्यसका लागि जेठ १३ देखि असार ११ गतेसम्म आवेदन बुझाउने समय नतोकिएको छ । दोब्बर दस्तुर तिरेर भने असार १८ गतेसम्म आवेदन बुझाउन सकिनेछ ।
परीक्षा फाराम अनलाइनमार्फत र शुल्क इसेवाबाट भुक्तानी गर्ने प्रबन्ध परिषद्ले मिलाएको छ ।
ताजा अपडेट
-
‘२०८३ मंसिर अघि महाधिवेशन हुन्छ’-गगन थापा
-
नेप्से २२ अंकले घट्यो
-
यस्तो छ स्पेन भ्रमणबारे संसद्मा प्रधानमन्त्रीको सम्बोधन (पूर्णपाठ)
-
स्पेन भ्रमणबाट विकास साझेदारीका प्राथमिकता मुखरित भएको छ : प्रधानमन्त्री
-
विपिन जोशीको रिहाइका लागि पहल जारी राख्न इजिप्टलाई आग्रह गरेको छु : प्रधानमन्त्री
प्रतिक्रिया