सुन भनेर पहेँलो रङ लगाएको फलाम बेच्ने गिरोह पक्राउ
बुटवल । रुपन्देही प्रहरीले नक्कली सुन बिक्री वितरण गर्ने ठगिको गिरोहलाई पक्राउ गरेको छ ।
प्रहरीले जेठ ५ गते जिल्ला रुपन्देही सैनामैना नगरपालिका-१० शीतलापुरस्थित होटलमा बुटवल उपमहानगरपालिका-१७ बस्ने वर्ष ४० की धन सौमैलाई बोलाई आफूहरुसँग रहेको सुनजस्ता देखिने गोल्डेन कलरको धातु दिएर ठगिगरेको अभियोगमा उक्त गिरोहलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
रुपन्देहीको गैडहवा गाउँपालिका-९ धुसुवा बस्ने ३७ वर्षिय काके भन्ने धनबहादुर सुनार, कञ्चन गाउँपालिका–१ हात्तीबजार बस्ने ३७ वर्षिय नवीन भन्ने देवबहादुर मगरलाई सैनामैना नगरपालिका-१ हात्ती बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरुले पीडित महिलालाई होटलमा बोलाई तपाईको पुरानो बाँकी रहेको पैसा दिन्छौं भनी विभिन्न प्रलोभनमा पारी झुक्याइ नक्कली सुनका ढिक्का दिएर महिलासँग रहेको सुनको चेन (ब्रासलेट) समेत लिई फरार रहेका थिए ।
प्रहरीले उनीहरुसँग सुन जस्तो देखिने पहेंलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान र विभिन्न कम्पनीका मोबाइल सेट चार थान र पीडितको ब्रासलेट गालेर बनाएको करिब १ तोला ७ लाल बराबर तौलको सुनको डल्लासमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया