कराेडाैंकाे चिठ्ठा परेकाे भन्दै ह्वाट्सएपमा म्यासेज गरी ठगी गर्ने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अनलाइनमार्फत ठगी गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । सोह्रखुट्टे बस्ने ३५ वर्षीय उत्सव श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
श्रेष्ठले वाट्सएप, ईमो, भाइबरमार्फत चिठ्ठा परेको म्यासेज गरी मानिसहरुसँग बैंक खाता माग्दै आएका थिए ।
उनले आफू कम्बोडियास्थित क्यासिनोमा काम गर्ने व्यक्ति भएको र अमेरीकाबाट सञ्चालन भएको चिठ्ठाबाट ६ लाख २७ हजार ६११ युरो परेको म्यासेज पठाएर उनीहरुलाई बैंक खातामा पैसा जम्मा गर्न लगाएको प्रहरीले जनाएको छ ।
श्रेष्ठले २८ लाख ७९ हजार रुपैयाँ ठगी गरेका छन् । उनलाई ठगीसम्बन्धी कसुरमा थप कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेशसभाः आगामी आर्थिक वर्षको बजेट पारित
-
‘निजामती विधेयक छेडखानीको नैतिक जिम्मा सभामुखले लिनुपर्छ’-माओवादी केन्द्र
-
कुमारी बैंकले सुरु गर्यो फोनेपे क्रेडिट कार्ड सेवा
-
‘ठूला जलविद्युत् आयोजना निर्माण सरकारको प्राथमिकतामा छन्’ : ऊर्जा मन्त्री खड्का
-
‘सेनालगायतका सुरक्षाकर्मीको सेवा सुविधा वृद्धि गर्न सरकार सकारात्मक’ : रक्षामन्त्री राई
प्रतिक्रिया