NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

बीमा दाबी गर्न एजेन्ट श्रीमतीले गरिन् श्रीमानको हत्या

काठमाडौं । भारतको अमृतसरमा एक महिलाले बीमा रकम दाबी गर्न आफ्नै श्रीमानको हत्या गरेकी छिन् । श्रीमानको हत्या आरोपमा उनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

आरोपी श्रीमतीले प्रहरीसामू बयानको क्रममा श्रीमान लामो समयदेखि मानसिकरुपमा अस्वस्थ रहेकको बताएकी छिन् । जसको कारण परिवारमा आर्थिक तनाव भएको, बच्चाको स्कुल फि देखि घरखर्च चलाउन गा-हो भएको उनले भनेकी भनेकी छिन् ।

यही समस्याकै कारण उनले १५ लाख बीमाको भुक्तानी दाबी गर्ने उद्देश्यले श्रीमानको हत्या गरेको बताएकी छिन् ।

भारतीय सञ्चार माध्यमका अनुसार अमृतसरको जन्डियाला क्षेत्रको बुलारा गाउँमा यो घटना भएको हो । नरेन्द्र कौर नामकी एक महिला आफ्नो श्रीमान् मनजीत सिंहसँग मे ५ मा औषधि किन्न ब्यास पुगेकी थिइन्। पछि, प्रहरीले मञ्जितको शव रगतले लतपतिएको अवस्थामा फेला पारेको थियो। लाइफ इन्स्योरेन्स कम्पनीको बीमा अभिकर्ता समेत रहेकी उनलाई आफ्नो श्रीमान बीमाको रकमबाट फाइदा हुन सक्छ भन्ने थाहा थियो र त्यसैले उनले उनको हत्या गरेको प्नहरीको दाबी छ।

अनुसन्धानका क्रममा उनको श्रीमती नै मुख्य संदिग्ध रहेको पाइएको थियो । आर्थिक अस्थिरताका कारण परिवार टुटेको उनले बताइन् । लामो समयदेखि अस्वस्थ रहेका श्रीमानको उपचारमा सबै पैसा खर्च भएको थियो । उनले धारिलो हतियार प्रहार गरी हत्या गरेको समेत बताए । महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।