NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २९ गते

दक्षिण अफ्रिकाको त्यस्तो ठाउँ, जहाँ मानिस पुग्न सकेनन्

मुम्बई । विश्वमा प्रविधिको अति विकासले गर्दा यो एउटा सानो गाउँजस्तो बनेको छ भन्ने गरिन्छ । वास्तवमा यो संसारमा हामीले सोचेभन्दा नि धेरै फरक ठाउँ छन् ।

पर्यावरण वैज्ञानिक डाक्टर जूलियन बेलिस एक सिरीजको शूटिङका लागि सन् २०१२ मा अफ्रिकामा पुगेका थिए । उनी उक्त छायांकनको शिलशिलामा यस्तो ठाउँमा पुगे, जहाँ आधुनिक मानिस पुगेकै थिएनन् ।

मोजाम्बिकको उत्तरी भागमा अवस्थित एक पहाडी माउन्ट लिकामा उनी पुगेका थिए । करिब ७०० मिटर उचाइको पहाड ठाडो भएकाले त्यहाँ चढ्न मुश्किल थियो ।

पहाड हरियो छ, त्यसको भित्र घना जंगल छ । उक्त पहाड एक समय ज्वालामुखि भएको विश्वास गरिन्छ । ज्वालामुखि विस्फोट हुन छोडेपछि त्यो पहाड हरियाली भएको हो ।

जुलियनले भूउपग्रहमार्फत् फोटोको सहयोगमा त्यस पहाडमा पुग्ने बाटो खोजे, त्यसपछि उनी गाडीको सहायतामा पहाडको फेदीसम्म पुगे । त्यसको ७०० मिटर उचाइमा के छ भन्ने कुरा पत्ता लगाउन उनले ड्रोनको प्रयोग गरे । त्यसबाट आएको फोटो अचम्म लाग्दो थियो । त्यहाँ एउटा अलग्गै संसार थियो ।

उक्त फोटोले डा.जुलियन थप उत्साहित हुँदै पहाड चढ्ने निधो गरे । उनी त्यहाँ पुग्दा अनौठो बिरुवा तथा नयाँ प्रजातिहरु देखे साथै उनले त्यहाँ पुतलीको नयाँ जात र धेरै प्रकारका चराहरु, कयाैं साना स्तनधारी जीव देखे । त्यहाँ देखेका प्राणी र बोटविरुवा उनले पहिले कतै नदेखेको बताउँछन् । उनले त्यहाँ सर्पका नयाँ जाति पनि देखे ।

त्यहाँ माटाका भाँडाहरु पनि मिलाएर राखिएको थियो । यसले गर्दा त्यहाँ जुलियनभन्दा पहिले नै अरु मानिसको पाइला त्यो पहाडमा पुगिसकेको पनि आशंका गरिएको थियो ।

अहिलेसम्म पनि मानिसको आँखाबाट लुकेका कुरा विश्वमा धेरै भएको उनले बताए । यो संसारमा अझै धेरै कुरा पत्ता लाग्न बाँकी रहेको उनी बताउँछन् ।

ताजा अपडेट

नेपालवाच विशेष