दाताको भर पर्दा खोप अनिश्चित, बालबालिका जोखिममा

काठमाडौं । सरकारले खोप खरिद गर्न लाग्ने ६ अर्ब रूपैयाँ बचाउन खोज्दा ४० लाख बालबालिका अझै जोखिममा छन् । स्वास्थ्य मन्त्रालयले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई चैतभित्रै खोप लगाइसक्ने बताएको थियो । तर दातृ निकायको मुख ताक्दा जेठ पहिलो साता बितिसक्दा पनि खोप आउन सकेको छैन ।
खोप खरिद गर्न वैशाखमा मन्त्रिपरिषद्बाट स्वीकृति भइसकेको छ । यदि वैशाख दोस्रो साताभित्र कोभ्याक्सले नदिएमा किनेर भए पनि लगाइसक्ने भनिएको थियो । मंगलबार सार्वजनिक नीीत तथा कार्यक्रममा पनि ५ देखि ११ वर्षका बालबालिकालाई खोप लगाउन सुरु गरिने उल्लेख छ तर कहिलेसम्म भन्ने खुलाइएको छैन ।
स्वास्थ्य विभाग खोप शाखा प्रमुख सागर दाहालले असारको दोस्रो साताभित्र खोपसम्बन्धी विश्वव्यापी सञ्जालमार्फत ल्याइसक्ने दाबी गरे । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया