विश्व खाद्य संकटको बाछिटा नेपालमा

काठमाडौं । विश्वले नयाँ चुनौतीका रूपमा गम्भीर खाद्य संकटको सामना गर्नुपर्ने विभिन्न अन्तर्राष्ट्रिय निकायले चेतावनी दिएका छन् ।
संयुक्त राष्ट्र संघ, युरोपियन युनियन, विश्व खाद्य कार्यक्रम, विश्व बैंकलगायत निकायहरूले सम्भावित खाद्यान्न संकटबारे औपचारिक घोषणा गरिसकेका छन् । यो संकटको सामनाका लागि तयार रहन र समस्यासँग जुध्न आगामी कार्यदिशा तयार पार्न पनि विश्व समुदायलाई ती निकायहरूले सचेत गराएका छन् ।
युरोपियन युनियन, संयुक्त राष्ट्र संघअन्तर्गतको खाद्य तथा कृषि संगठन (एफएओ) र विश्व खाद्य कार्यक्रमले मे ४ मा संयुक्त विज्ञप्ति जारी गर्दै खाद्य संकटको चेतावनी दिएका छन् ।
निजी क्षेत्रमा नेपालमा पनि खाद्य संकट आउनसक्ने अनुमान गरेका छन् । सरकारले भने यसबारे केही बताएको छैन । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया